सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

काठमाडौँ: अभिनेत्री तथा मोडल दिपाशा बिसीको निधन भएको छ। थापाथाली स्थित नर्भिक अस्पतालको सैयाबाट उनले संसार छोडेकी हुन्। बुधबार राति स्वास्थ्यमा समस्या देखा परेपछि उनलाई नर्भिक अस्पताल लगिएको थियो।

सयौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनको पहिलो फिल्म दुलही रानी थियो। जलपरी नामले परिचित दिपाशाले दुलही रानीसँगै  बिरानो माया, चाल र झेली जस्ता फिल्महरुमा अभिनय गरेकी छिन।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com