सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: दयाहाङ राई र दीया पुनको मुख्य भूमिका रहेको फिल्म ‘दयारानी’को पहिलो गीत रिलिज गरिएको छ। अंग्रेजी नयाँ बर्षको अवसर पारेर रिलिज भएको ‘चोरी चोरी’ बोलको गीतमा  दयाहाङ राई र दीया पुन देख्न सकिन्छ। मनोज थापा मगर र सदिक्षा कट्टेलकॉवज रहेको उक्त गीतमा गायक थापाको संगीत तथा हर्क साउँदको शब्द रहेको छ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण फिल्मलाई अभिनेता माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको हो। यसै फिल्मबाट माओत्से गुरुङले फिल्म निर्देशनमा डेब्यु गरेका हुन्। फिल्म माघ २६ गतेबाट देशभर प्रदर्शन हुदैछ।

फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । फिल्ममा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, र्शिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । फिल्मको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । फिल्मलाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ ।

 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com