सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘बेहुली फ्रेम मेघौली’ मार्फत निर्देशक तथा अभिनेता एवंम अभिनेत्री स्वस्तिमा खड्का पुन: एकसाथ देखिने भएका छन। यी रियल लाइफ कपलले यस अघि फिल्म ‘घामड शेर’ र दिमाग खराबमा एकसाथ काम गरेका थिए। ‘घामड शेरे’ले खासै बक्स अफिसमा कमाल गर्न नसके पनि गत तिहारमा रिलिज भएको ‘दिमाग खराब’ले भने भर्खरै ५१ औँ दिन पुरा गरि सकेको छ।

अब भने सोहि फिल्म दिमाग खराबका लेखक आकाश बरालले ‘बेहुली फ्रेम मेघौली’ निर्देशन गर्ने भएका छन। हाल लोकेसन हन्ट भई रहेको फिल्ममा निश्चल र स्वस्तिमा मुख्य भूमिकामा फाईनल भएका हुन्। फिल्मको छायांकन चैत्रबाट चितवनमा हुने तयारी निर्माण टिमले गरेको छ। फिल्मको कथापनि स्वयम बरालले नै लेखिरहेका छन। उनलाई लेखनमा साजन काफ्लेले सहयोग गरिरहेका छन।

निश्चलले दिमाग खराबको सिक्वेल निर्देशन गर्ने भनिएपनि यस अघि उनि ‘बेहुली फ्रेम मेघौली’को सेड्युल सकेर मात्र आफ्नो आगामी प्रोजेक्टको तयारीमा लाग्ने स्रोतले बताएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com