सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: निर्देशक दिनेश राउतले निर्देशन गर्ने आगामी फिल्म ‘पुजार सार्की’को वर्कशप सुरु भएको छ। फिल्मका मुख्य कलाकारहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहसहित फिल्मक २ नायिकाहरु अन्जना बराइली र परीक्षा लिम्बुका साथ निर्माण टिमले फिल्मको वर्कशप सुरु गरेको हो। फ्लोरमा जानु केहि साता अघि निर्माण टिमले कलाकारहरु सहित कार्यशाला थालेको हो।

विकास सुबेदीको लेखन रहेको फिल्ममा अभिनेता आर्यन सिग्देल पुजार र अभिनेता प्रदिप कार्की सार्कीको भूमिकामा देखिन लागेको जानकारी स्रोतले दिएको छ।

सुभाष भुसालले निर्माण गर्ने फिल्मको प्रदर्शन मिति तय नभएपनि आगामी जेठमा निर्माण टिमले फिल्म रिलिज गर्ने हल्ला सिने नगरीमा छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com