सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री आँचल शर्मा नयाँ फिल्ममा अनुबन्धित भएकी छिन।  उनि ‘एक मुठ्ठी बादल’ नामक फिल्ममा मुख्य अभिनेत्रीको रुपमा देखिन लागेकी हुन्। आँचलसँगै फिल्ममा सहयोगराज अधिकारीलाई पनि मुख्य भूमिकामा देख्न सकिन्छ। सहारा शर्माले निर्देशन गर्ने फिल्म बिहिबार फर्स्ट लूक्स पोस्टरपनि सार्वजनिक गरिएको छ।  जसमा अभिनेत्री आँचल शर्मालाई देख्न सकिन्छ।

फेमिली ड्रामा जनरामा बन्ने फिल्मले केही अप्रत्यासित, दुर्भाग्यपूर्ण घटनापछि एउटी आमा र उनको परिवार वर्षौंदेखिको रहस्य र कुन्ठा सामना गर्न बाध्य हुने कथावस्तु पेश गर्ने जानकारी निर्माण टिमको छ। फिल्मलाई अभिमन्यू दीक्षितले निर्माण गर्न लागेका हुन्। फेब्रुअरी वा मार्चदेखि पोखराबाट फ्लोरमा जाने फिल्म महिला प्रधान कथावस्तुमा बन्ने निर्माता दीक्षितले बताएका छन।

निर्देशक सहाराकै लेखनमा बन्न लागेको फिल्ममा गौंथली इन्टरटेनमेन्ट र अन्डरग्राउण्ड टकिजले निर्माणमा सहकार्य गरेका छन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com