सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: घोषणा देखिनै चर्चामा रहेको फिल्म हो ‘गोर्खा वारियर’। अब भने मिलन चाम्स निर्देशित फिल्मको अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। बिहिबार राजधानीमा एक कार्यक्रम बिच निर्माण टिमले प्रचार स्वरुप फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। यस अघि फिल्मको प्रिमियर लण्डनमा भव्य रुपले गरिएको थियो। भर्खरै सार्वजनिक २ मिनेट २६ सेकेन्ड लामो ट्रेलरमा वीर गोर्खालीलाई लडाईको मैदानमा सत्रुहरुसँग लड्दै गरेको देख्न सकिन्छ।

लन्डन सिने आई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा विजय लामा, रितेश चाम्स र रियर राई सहित रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राई लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । फागुन ११ गते रिलिज हुने फिल्ममा प्रशान्त थापा कार्यकारी निर्माता र सुरेश राई सहनिर्माताका रुपमा देखिएका छन। सुस्मिता वाइवा र सुमन राई निर्माता रहेको फिल्म सन १९४९को युद्धको सत्य घटनामा आधारित छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com