सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘झ्यानाकुटी’मा एक साथ देखिएर चर्चामा आएका अनस्क्रिन जोडी सौगात मल्ल र बेनिषा हमालले अहिले फिल्म ‘सिटामोल’को छायांकनमा व्यस्त छन।  निर्माण टिमले भर्खरै मात्र छायांकन सेटबाट यी जोडीको फस्ट लुक पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक तस्बिरमा बेनिशा काखमा सन्तान लिएर बसेकी छिन् भने सौगातको हातमा कुखुराको भाले छ । तस्बिर हेर्दा फिल्मले  ग्रामीण भेगको कथा बोल्ने अड्कल गर्न सकिन्छ।

राज बहादुर सानेले निर्देशन गरिरहेको फिल्मको लगभग ५० प्रतिशत छायांकन सकिएको जानकारी निर्माण टिमले दिएको छ। सामाजिक कथावस्तुमा बनिरहेको फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com