सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आर्टमाण्डुको ब्यानरमा बन्ने फिल्म ‘ऊनको स्वीटर’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य पात्रद्वय बिपिन कार्की र मिरुना मगरलाई देख्न सकिन्छ। पोस्टरमा अभिनेता कार्की ऊनको स्वीटर लगाएर फोटो खिच्नलाई पोज दिइरहेका छन भने अभिनेत्री मिरुना उनैको छेउमा परम्परागत पहिरनका साथ देखिएकी छिन।

नवीन चौहानले निर्देशन गर्न लागेको फिल्ममा विपिन र मिरुनाको अलवा एलेक्स विश्वकर्मा, मिलन खत्री र माओत्से गुरुङको मुख्य भूमिका रहनेछ । आगामी दसैँमा रिलिज हुने बताइएको फिल्म इलाम र पाँचथरमा छायाङ्कन हुनेछ । निर्माण युनिट फिल्मको छायाङ्कनमा छिट्टै निस्कने तयारी गर्दैछ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com