सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: प्रेमिल मनहरुको सेलिब्रेसनको समय भ्यालेन्टाइन सप्ताह चलिरहेको छ। प्रेम साट्ने यो समयमा प्रेमिल गीतहरु सार्वजनिक हुने क्रम बढ्दो रहन्छ। यहि बीचमा गायिका इन्दिरा जोशीको भ्यालेन्टाइन स्पेशल गीत सार्वजनिक भएको छ। ‘क्यारी भेटुम’ बोलको गीतमा इन्दिरालाई गायक राजनराज शिवाकोटीले स्वरमा साथ दिएका छन्।

गीतमा राजनराजको संगीत रहेको गीतमा राजेन्द्र थापाको शब्द रहेको छ। रोमान्टिक अनि रमाइलो भिडियोमा इन्दिरा जोशी र प्रभात पल ठकुरी फिचर रहेका छन्। बिकास प्रसाईको निर्देशन र सम्पादन रहेको भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ। भिडियोलाई राम केसीले खिचेका छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com