सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: भर्खरै मात्र फिल्म खाजुरे ब्रोको छायांकन फर्केकी अभिनेत्री नीति शाहको हातमा अहिले फिल्मको खाँचो छैन। केहि दिन अघि मात्र फिल्म रुखानमा अनुबन्धित भएकी नीतिले पुन अर्को फिल्म साईन गरेकी छिन।  उनले दिवाकर भट्टराईले निर्देशन गर्ने आगामी फिल्म ‘राजा’मा अभिनय गर्ने पक्का भएको छ। निर्माण पक्ष र नीति बीच हालै कागजी सौझौता भएको स्रोतले बताएको छ।

नीतिसँगै फिल्ममा अभिनेता राज कटुवालपनि फिल्ममा अनुबन्धित भएका छन। बुझीए अनुसार राजले राजाकै लागि भनेर लामो समय देखि शरीर बनाइरहेका छन्। नीति र राजको यो पहिलो सहकार्य हुनेछ। लामो समय देखि फिल्म साईन गरेपनि फिल्म नबन्दा केहि समय निराश बनेकी नीतिको हातमा अहिले फिल्मको कमी छैन।

त्यसो त् निर्देशक दिवाकर भट्टराई निर्देशित फिल्म मायाबीको हाल सम्पूर्ण छायांकन सकिएर रिलिजको तयारीमा रहेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com