सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेता सलोन बस्नेत चाडैनै बुवा बन्दै छन् । सलोन र उनकी श्रीमती करिश्मा केसी आफ्नो पहिलो सन्तानलाई स्वागत गर्ने तयारीमा छन् । यी दुई बैशाखमा आमा-बुबा बन्दैछन् । अघिलो मङ्सिरमा यी दुई जोडीले धुमधामको  साथ बिवाह गरेका थिए ।

मंसिर १२ गते प्रेग्नेन्सी घोषणा गर्दै सलोन र करिश्माले हुनेवाला बच्चाको नाम ‘सलोमा’राख्नेबताएका  थिए। यी दुईले बुधबार ‘प्रेग्नेन्सी फोटो सुट’ गर्दै माता पिता बन्न लागेकोमा खुसी ब्यक्त गरेका छन। तस्वीरमा उनीहरु रोमान्टिक र हर्षित देखिएका छन् । सामाजिक संजालमा तस्बिर पोस्ट गर्दै सलोनले क्याप्सनमा ‘नयाँ अध्याय सुरु’ भनेर लेखेका छन् । प्रेगनेन्सीको भिडियो एक्सरे रिपोर्ट पनि उनीहरुले सार्वजनिक  गरिसकेका छन् ।

करिश्मा गर्भवति भएदेखि सलोनले कुनै फिल्ममा काम गरेका छैनन। पहिलो सन्तानको जन्मपछि उनी आफैं फिल्म ‘यूनिभर्सिटी अफ गुण्डाज्’ निर्माणको तयारीमा छन् । करिश्मा पेशाले एयर होस्टेस हुन् भने केही म्यूजिक भिडियोमा काम पनि गरिसकेको छिन्  ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com