सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अन्तत: फिल्म ‘लण्डन टू पेरिस’ रिलिज हुने पक्का भएको छ। बिहिबार निर्माण टिमले फिल्मको फर्स्ट लुक पोस्टर रिलिज गर्दै फिल्मको रिलिज डेट अनाउन्स गरेको हो। अब भने फिल्म आउँदो जेठ २५ बाट देशभर प्रदर्शन हुनेछ। छायांकन सकिएपनि मितिले प्रदर्शन मिति तोक्न सकेको थिएन।

सार्वजनिक पोस्टरमा अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र नव अभिनेता निश्चल खड्कालाई रोमान्टिक भएको देख्न सकिन्छ। फिल्ममा साम्राज्ञी र निश्चलका अलावा गरिमा शर्मा, कबिर खड्का, रुष्मा थापा, मनिष श्रेष्ठ, मनिष गान्धीको पनि मुख्य भूमिका छ ।

एबी इन्टरनेशनलको प्रस्तुतिमा तयार भएको फिल्ममा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद छ । अमित बस्नेतनिर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी रानाको लगानी छ । घनश्याम लामिछानेको निर्देशनमा तयार भएको यो फिल्मले ट्राभल लभ स्टोरीको कथा भन्नेछ। फिल्मका कार्यकारी निर्माता अंकित गौतम हुन् ।

फिल्ममा अभेद परवको डीओपी, हर्कुलस बस्नेत, एसडी योगी, वियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेश फर्नान्डेजको कोरियोग्राफी छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com