सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । गत भदौ २६ गतेबाट प्रदर्शनरत फिल्म ‘बेहुली’ ले घरेलुबजारमा ठीकठाक सुरुआत गरेको छ । चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘सिनेमा @ बक्सअफिस’ विवरणअनुसार फिल्मले असोज ४ गतेसम्म २ करोड ६८ लाख २८ हजार ५ सय ३० रुपैयाँ ग्रस कमाएको छ। उक्त अवधिसम्म फिल्मका ९४ हजार ८ सय ८५ वटा टिकट बिक्री भएका छन् ।

सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको फिल्ममा पारस बम ठकुरी, दिव्या रायमाझी, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय रहेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com