सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म, काठमाडौँले फ्रान्सको ‘कान’ सहरको झल्को दियो । यसको कारण थियो, काठमाडौँ महानगरपालिकाद्वारा आयोजित पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल २०२६’। युनेस्कोद्वारा गरिएको घोषणा अनुसार काठमाडौँ एक ‘फिल्म सिटी’ (चलचित्र सहर) को रूपमा तोकिएको छ।
अक्टोबर ३१ का दिन राष्ट्रिय सभागृहमा ‘रेड कार्पेट’ कार्यक्रम आयोजना गरियो, जहाँ हाम्रा धेरै चलचित्र कलाकारहरू निकै आकर्षक पहिरनमा उपस्थित भए । कार्यवाहक मेयर सुनिता डंगोल पनि नेवारी परम्परागत पहिरन, ‘हाकु पटासी’ जस्तै देखिने विशेष पोसाकमा सजिएकी थिइन् । कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सबिना काफ्लेको पनि उपस्थिति थियो । अन्य धेरै अतिथिहरू पनि एक-अर्कालाई उछिन्ने गरी उत्कृष्ट पहिरनमा सजिएर आएका थिए ।
यहाँ स्वतन्त्र फोटोपत्रकार विकास रौनियारले ‘रेड कार्पेट’ कार्यक्रमका क्रममा खिचेका केही झलकहरू प्रस्तुत गरिएको छ।














प्रतिक्रिया