सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । आइतबार बिहान नक्सालचौरको दृश्य अन्य दिनभन्दा फरक थियो। कुकुर तिहारको अवसरमा त्यहाँ विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका मानिसहरू भेला भएर कुकुरको पूजा गर्दै उनीहरूको वफादारी, प्रेम र साथको सम्मान गरेका थिए।

कार्यक्रमले नेपालको समृद्ध सांस्कृतिक परम्परासँगै पशुप्रति करुणा र जिम्मेवार व्यवहारको सन्देश दिएको थियो। कार्यक्रमको उद्घाटन अभिनेत्री मनिषा कोइरालाले गरेकी थिइन्। प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सबिना काफ्लेले आयोजना गरेको कार्यक्रममा भुवन चन्द, बसुन्धरा भुसाल, चैतन्य देवी, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह र ऋचा शर्मालगायत कलाकार तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो।

कार्यक्रममा पशु अधिकार अभियन्ता प्रमदा शाह पनि सहभागी थिइन्। उनले यस्ता कार्यक्रमले कुकुरलगायत पशुप्रति माया र सचेतना फैलाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

तस्बिर : विकास रौनियार

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com