सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म बद्री बहादुर प्रदर्शनको तयारीमा छ । आगामी चैत्र २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको बिहीवार ट्रेलर रिलिज हुदैछ । यो फिल्मलाई बलिउड अभिनेता तथा चर्चित कमेडियन कपिल शर्माले प्रचार गर्ने वचन दिएको निर्देशक बस्नेतले बताए ।

निर्देशक बस्नेत केही समय पहिले मुम्बई गएका थिए । त्यही क्रममा उनी कपिल शर्माको द कमेडी नाइटस विथ कपिल शर्मा शोको सेटमा पुगेका थिए । सोही क्रममा उनीहरु बीच फिल्मको विषयमा कुराकानी भएको हो ।
कुराकानीका क्रममा कपिलले आफू नेपाली फिल्मको प्रचार गर्न तयार रहेको बताएको निर्देशक बस्नेतले जानकारी दिए । सञ्चारकर्मी तथा विकास बोर्डका सदस्य समेत रहेका रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।

विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे सिनेमाको निर्मातामा छन् । फिल्म जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको मुख्य भूमिका छ भने विशेष भूमिकामा पूजा शर्मा, सलोन बस्नेत र निर्देशक शोभित बस्नेत स्वयं देखिएका छन् ।

फिल्ममा विनोद सापकोटाको छायांकन, टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव बिकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा भीएफएक्स र सह निर्माता समिर मिया, सम्पादन बन्दे प्रसाद रहेको छ। आरआर फिल्म्सले वितरण गर्ने फिल्मलाई काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभा क्षेत्रमा छायांकन गरिएको हो । फिल्मको सह निर्देशनमा रामजी राउत र ज्ञानकुमार कटेलले गरेका हुन ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com