सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्म  ‘डिग्री माइला : एमए थर्ड क्लास’ ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार राजधानीको बिग मुभिजमा पत्रकार सम्मेलन गर्दै फिल्मका निर्माण ले ट्रेलर सार्वजनिक गरेका हुन्।  सार्वजनिक ट्रेलरमा शैक्षिक बेरोजगारीको कथा देखाइएको छ। दयाहाङलाई केन्द्रमा रखिएको फिल्मको ट्रेलरमा दयासंगै आँचल शर्मा, ऋचा शर्मा, माओत्से गुरुङ, कमलमणी नेपाल, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतका कलाकारलाई पनि देखन सकिन्छ । फिल्मले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने उखानलाई ट्यागलाइन बनाएको छ ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा निमेष श्रेष्ठको सम्पादन, शिवराम श्रेष्ठ र राइली एस सिनको छायांकन रहेको छ । फिल्म नयाँ बर्षको अवसरमा प्रदर्शनको तयारीमा रहेको छ। फिल्म नयाँ बर्षको अवसर पारेर यहि चैत ३० गतेबाट विश्वभर प्रदर्शन हुदैछ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com