सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘खजुरे ब्रो’का निर्माण टिमले प्रचार स्वरुप फिल्ममा समावेश पहिलो गीत रिलिज गरेका छन। आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले ‘लभ गर्ने मान्छे’ बोलको गीत दर्शक समू ल्येका हुन्। गीतमा अनुपम गुरुङको आवाज तथा अनमोल गुरूङको शब्द एवं संगीत रहेको छ।

धरानका चर्चित व्यक्ति खजुरे ब्रोको नाम र उही क्यारेक्टरमा बनेको फिल्मबाट मोडल नीति शाहले फिल्म नगरीमा डेब्यु गरेकी हुन्। फिल्ममा नीति सहित रेयर राई, महेश त्रिपाठी,  नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, शान्तिला तामाङ, पवन लिम्बु, दीप चन्द्र राईलगायत कलाकारको अभिनय छ।

सुरज सुनुवार को लेखन एवं निर्देशन रहेको फिल्ममा नविन मानन्धर र निर्देशक सुनुवार निर्माताका रुपमा देखिएका छन भने अनिल मानन्धर र पिकेश मानन्धर सह-निर्मातामा रहेका छन्। डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको फिल्ममा शिशिर बिसुंखेको छायांकन र मित्र डि गुरूङको सम्पादन रहेको छ।

फिल्म यहि वैशाख २८ गतेदेखि अल नेपाल रिलिज हुन गईरहेको छ।

 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com