सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सवमा छनोट भएर पुरस्कार समेत जितिसकेको फिल्म  ‘रेड सुटकेस’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मका निर्माण टिमले प्रचार स्वरुप फिल्मको ट्रेलर रिलिज गरेको हो। सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य पात्रहरु सौगात मल्ल, विपिन कार्की एवम् श्रृष्टी श्रेष्ठलाई केन्द्रमा रखिएको छ।

चैत्रको ३० गतेबाट रिलिजमा आउन लागेको फिल्मको ट्रेलर आईरहेका फिल्महरुको भन्दा भिन्न छ । रेडियोमा एक श्रोताले फोन गरेर सुनाएको अनौठो घटनालाई जोडेर नै फिल्मको ट्रेलर तयार पारिएको छ ।

फिल्ममा सौगात मल्ल, विपिन कार्की, श्रृष्टी श्रेष्ठ, प्रवीण खतिवडा लगायतका कलाकारको अभिनय छ ।
फिल्ममा सुशन प्रजापतिको छायांकन, समन अल्भिटिगलाको सम्पादन, उत्सव वुढाथोकीको संगीत छ ।

फिडेल देवकोटाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा रामकृष्ण पोखरेल, फिडेल देवकोटा र शोभा थापाको लगानी छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com