सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: दयाहाङ राई र मिरुना मगरको मुख्य अभिनय रहेको फिल्म ‘मनसरा’को ओभरसिज रिलिज राइट्स बिक्रि भएको छ। भर्खरै निर्माण टिमले फिल्मको अष्ट्रेलिया तथा मध्यपूर्व प्रदर्शन अधिकार विक्री गरेको हो। सेभेन सिजले ‘मनसरा’को वितरण अधिकार किनेको हो। ‘मनसरा’ निर्माण पक्ष र सेभेन सिजबीच आज यसबारेमा कागजी सम्झौता भएको हो।

सम्झौता पत्रमा ‘मनसरा’बाट निर्देशक उपेन्द्र सुब्बा र निर्माता शैलेन्द्र ध्वज कार्की तथा सेभेन सिजका तर्फबाट रमेश चौलागाईंले वितरणसम्बन्धी हस्ताक्षर गरेका हुन्।

विवाहिता लिम्बुनीको विवाहित छिमेकी बाहुन बाजेसँगको सम्बन्धलाई मुख्य विषय बनाएर बनेको फिल्ममा दया र मिरुनाक अलावा प्रविण खतिवडा, मेनुका प्रधानको पनि मुख्य भूमिका रहेको छ। फस्ट लुक सार्वजनिक भएपछि धेरैको ध्यान तान्न सुरु गरेको फिल्मले टिजर रिलिजपछि आफ्नो चर्चालाई झनै बढाउँदै लगेको छ।

निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् । यस्तै, फिल्ममा विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता रुप मा रहेका छन।

फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहेको छ ।  सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेका छन।

एप्पल इन्टरटेन्मेन्ट कम्पनीले फिल्मको वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ भने जी टु वान डिजिटल पार्टनर बनेको छ । फिल्म वैशाख २१ गतेबाट (मे ३ तारिख) देशभर प्रदर्शन हुदैछ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com