सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । गायक तथा सङ्गीतकार कमल खत्रीको नयाँ गीत ‘यो आँखामा’ सार्वजनिक भएको छ । शालु श्रेष्ठको शब्द रचना रहेको यस गीतमा स्वयम् कमल खत्रीको सङ्गीत रहेको छ। गीतमा कमललाई गायिका शोभा अधिकारीले गायकीमा साथ दिएकी छिन्। विजेश्वर तन्डुकारको सङ्गीत संयोजन (म्युजिक एरेन्जमेन्ट) रहेको यस गीतको मिक्सिङ तथा मास्टरिङ राजेश तन्डुकारले गरेका हुन्।

सार्वजनिक गीतको भिडियोमा मोडल करन सुनार र साहार बसेल फिचर्ड छन्। भिडियोमा दुवै कलाकारको आकर्षक नृत्य र उत्कृष्ट अन-स्क्रिन केमिस्ट्री देख्न सकिन्छ।

किरण थापाको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको यस भिडियोलाई पवन सुस्लिङले छायाङ्कन, सम्पादन तथा रङ संयोजन (कलर ग्रेडिङ) गरेका हुन्। छायाङ्कन र सम्पादनमा पवनलाई प्रवेश खत्रीले सघाएका छन्। डान्सिङ र रोमान्टिक शैलीमा तयार पारिएको यो भिडियोले दर्शकको राम्रो साथ पाउनेमा निर्माण टिम आशावादी छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com