सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: भर्खरै मात्र फिल्म ‘ज्वाइँ साब’मा मुख्य भूमिकामा अभिनय गर्ने तय भएका अभिनेता जितु नेपालले अनस्क्रिन जोडी भेटेका छन।  उनिसँग अब भने अभिनेत्री नीति शाहले जोडी बाध्ने भएकी छन। निर्माण टिम र नीति शाहबीच सोमबार औपचारिक सम्झौता भएको छ । फिल्ममा नीतिले जितुसँग जोडी बाँध्ने निर्माताद्वारा प्रेषित विवरणमा उल्लेख छ ।

रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण फिल्मलाई राज कुमार पण्डितले निर्माण गर्नेछन।

बसन्त निरौलाले निर्देशन गर्ने फिल्ममा मिना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता बिजय बस्याल भने  फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहनेछ ।

केहि दिन अघिमात्र घोषणा भएको फिल्म वैशाख १५ गतेबाट फ्लोरमा जाने निर्माण टिमले जानकारी दिएका छन भने फिल्मलाई आगामी तिहारको अवसरमा रिलिज गर्ने योजना निर्माण टिमको रहेको छ।

फिल्मको कथा सामाजिक कथावस्तुमा कमेडीलाई साथ राखेर बनाईने जानकारीपनि निर्माण टिमले दिएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com