सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘भिजिट भिसा’ बन्ने भएको छ। नयाँ वर्ष २०८१ सालको अवसर पारेर निर्माण टिमले थिम पोस्टर सार्वजनिक फिल्मको घोषणा गरेका हुन्।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण हुने पारिवारिक सोसल ड्रामामा निर्माण हुने जानकारी निर्माण टिमको रहेको छ।  फिल्मले पछिल्लो समय लर्को लागेर विदेश जाने प्रवृत्तिलाई पेस गर्ने संकेत निर्माण पक्षले पोस्टरमार्फत् दिएको छ ।

मोती बिष्ट प्रस्तुतकर्ता रहेको यो फिल्मको निर्माता टोपेन्द्र बिष्ट हुन् । बिराज बिष्टको कथा रहने फिल्ममा यम थापाको पटकथा रहेको छ । बिराजले यसअघि फिल्म ‘बुलाकी’ निर्माण गरेका थिए । यो फिल्मले चलचित्र विकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’मा विशेष फिल्मको अवार्ड समेत पाएको थियो ।

फिल्मकालागि निर्देशक र कलाकारहरू भने तय गरिएको छैन । निर्माण टिमका अनुसार फिल्ममा नाम चलेका कलाकार नै साइन गर्ने तयारी भइरहेको बताइएको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com