सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘रावायण’ मार्फत अभिनेता पल शाह एक्सन अवतारमा दर्शक सामु देखिदै छन। चकलेटी लुक्स र रोमान्टिक अवतारमा दर्शकमाझ लोकप्रिय बनेका पल शाहले ‘रावायण’मा भने दर्शकका लागि भने सर्प्राइज लिएर आउदैछन।  यसैको तयारीका लागि एक हप्ता यता पल एक्सन डिरेक्टर श्री श्रेष्ठको निर्देशनमा एक्सन सिकिरहेका छन् र अभ्यास गरिरहेका छन ।

निर्देशक सुदर्शन थापाको ड्रीम प्रोजेक्टको रुपमा चर्चा भैरहेको फिल्म ‘रावायण’बाट नै करिब दुई बर्षपछि उनि दर्शक सामु आउने भएका हुन्। हुन त् उनिद्वारा अभिनित फिल्म पूजार सार्की यहि जेठ १० गतेबाट रिलिज हुदैछ।  त्यहाँ पनि पल लभर ब्वाई नबनेर भिन्नै चरित्रमा देखिदै छन ।

२०८१ भाद्र २१ गते तिजको दिन रिलिज मिति तोकिएको फिल्म ‘रावायण’ बैशाखबाट छायांकनमा जाँदैछ । सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने फिल्म सुदर्शन थापा र पुजा शर्मा मिलेर निर्माण गर्न लागेका हुन् । फिल्मको मुख्य कलाकारहरुमा पलसंगै पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुन जगं शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतका कलाकारहरुको अभिनय रहने छ ।

फिल्ममा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, रामजी लामिछाने, बिक्रम स्वारको कोरियोग्राफी रहने छ । फिल्नको संगितको सम्पूर्ण काम मुम्बईमा गरिएको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com