सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘एक मुठ्ठी बादल’को सम्पूर्ण छायांकन सकिएको छ।  निर्माण टिमले फिल्म छायांकन २२ दिनमा सकिएको जानकारी दिएको छ। फिल्मको सम्पूर्ण छायांकन पोखराको लामा चौरमा गरिएको हो।

गौंथली इन्टरटेन्मेन्ट, मन प्रोडक्शन र अन्डरग्राउन्ड टकिजको प्रस्तुति रहेको फिल्मका प्राविधिक टिममा सबै महिला रहेका छन।  साहारा शर्माको लेखन तथा निर्देशन रहेको ‘एक मुठ्ठी बादल’लाई अभिमन्यु दीक्षित, अनुप पौडेल र सामीप्यराज तिमिल्सिनाले निर्माण गरेका हुन् भने फिल्ममा निकुन श्रेष्ठ कार्यकारी निर्माताको रुपमा रहेका छन।

हाल सम्म रिलिज डेट फिक्स गरिनसकिएको फिल्ममा आँचलका अलावा निशा शर्मा, उषा रजक, अस्मिता गौतम, भीमा मैनाली, शेखर चापागाँई, मनिष निरौला, गौरव बिष्ट, सहयोग राज अधिकारी, अविरल प्रताप अधिकारी लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com