सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेता अनमोल केसी स्टारर फिल्म ‘फर्की फर्की’को पहिलो ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रचार स्वरुप ट्रेलर रिलिज गरेको हो। ३ मिनेट २६ सेकेन्ड लामो ट्रेलरमा अभिनेता अनमोल केसीलाई केन्द्रमा रखिएको छ। टाईम ट्राभलको कथालाई मुख्य विषय बनाएर बनेको फिल्मको ट्रेलर निकै फरक देख्न सकिन्छ। यसै फिल्मबाट अनमोल केसी र जसिता गुरुङले पहिलो पटक स्क्रिन सेयर पनि गर्दैछन।

रोहित अधिकारीको निर्माण तथा सुयोग गुरुङको निर्देशनमा तयार भएको फिल्मा रोहित र ओम अग्रवालको लगानी रहेको छ । सुयोगकै कथा तथा पटकथा रहेको फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माता, आलोक शुक्लाको छायांकन रहेका छन ।

फिल्ममा निर्मल शर्मा, कृष्ण मल्ल, रवि काफ्ले र समृद्धि अर्यालको पनि अभिनय छ । फिल्मले यहि जेठ १० गतेबाट प्रदर्शन हुदैछ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com