सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘पुजार सार्की’को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘दर्शन गरेँ’ बोल रहेको उक्त गीतमा फिल्मका प्रमुख पात्रहरु आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली र परिक्षा लिम्बुलाई नृत्य गर्दै गरेको देख्न सकिन्छ। गीत मगर जातिहरूको परम्परा अनुसारको लोकप्रिय ‘कौडा नृत्य’मा आधारित छ।  प्रकाश सपुत र शान्ति श्री परियारको स्वर रहेको गीतमा हर्क साउदका शब्द र सुवास भुसालको सङ्गीत रहेको छ।

आगामी जेठ १० गते बिहीबार बुद्ध जयन्तीको अवसर पारेर विश्वव्यापी रिलिज हुने फिल्मलाई निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन्। फिल्मको कथा जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षमा आधारित रहेको छ।

फिल्मलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन्। एक दर्जन चलचित्रमा सङ्गीत दिएका भुसालले पहिलो पटक चलचित्र निर्माण गरेका हुन्। यसमा पनि निर्माता भुसाल आफैले सङ्गीत तयार गरेका छन्। हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिएका छन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com