सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: सर्लाही जिल्ला, वाग्मती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन संघर्षको कथामा आधारित फिल्म ‘मेयर’को सम्पूर्ण छायांकन सकिएको छ। निर्माण टिमले ५१ दिनमा फिल्मको इन्डक्ल्याप गरेका हुन्।
सफल निर्देशक दिपेन्द्र के खनालद्वारा निर्देशित फिल्मको छायांकन काठमाडौँको मल्ल होटलबाट सुरु भएपनि अधिकांश छायांकन भने सर्लाहीमै गरिएको हो।

पटकथा प्रडक्शनले निर्माण गरेको फिल्ममा शर्मिला पाण्डे र शृष्टिमाँ खनालको लगानी रहको छ। फिल्ममा महेश दवाडीको लेखन, जयन जे वाइवा र कल्याण सिंहको संगीत रहेको छ।

फिल्ममा भरत थापाको भूमिकामा अभिनेता खगेन्द्र लामिछाने रहेका छन भने उनकी श्रीमतीको भूमिकामा अभिनेत्री बर्षा राउत रहेकी छन।  त्यस्तै थापाकि छोरीको भूमिका भने उनकी आफ्नै छोरी अर्विशा थापाले निभाएकी छिन। फिल्ममा अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, रविन्द्र झा, रमेश बुढाथोकी, सन्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतका कलकारहरुको पनि अभिनय रहेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com