सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: मगर संस्कृतिमा आधारित फिल्म  ‘घरज्वाइँ’को फस्टलुक पोस्टर रिलिज गरिएको छ।  निर्माण टिमले प्रचार स्वरुप फिल्मको दुई भिन्न भिन्नै पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक एक पोस्टरमा दयाहाङ र मिरुनालाई बोराको भारी बोकिरहेको दुख्न सकिन्छ । अर्को पोस्टरमा फिल्मका प्राय कलाकारले स्थान पाएका छन् ।

असार २८ गतेलाई रिलिज मिति तय अरेको फिल्मलाई अनिल बुढा मगरले निर्देशन गरेका हुन् भने जनक घर्ती मगरले फिल्मलाई निर्माण गरेका हुन्। निर्देशक बुढा आफैले लेखेको फिल्मको कथामा पटकथा,संवाद लेख्न भने विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका हुन्।

जिएम मुभीजको ब्यानरमा निर्माण भएको फिल्ममा सुजन प्रजापतिको छायांकन,  हर्क साउद र मनोज थापाको शब्द, संगीत, कृष्ण भण्डारीको सम्पादन रहेको छ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगर लगायतको अभिनय छ ।

फिल्मलाई एमएसएम अस्ट्रेलियाले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार लिइसकेको छ भने फिल्मलाई नेपालमा  आर आर फिल्मसले वितरण गर्दै छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com