सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको फिल्म बोक्सीको घर आजबाट प्रदर्शनमा आएको छ।  केकी अधिकारीद्वारा निर्मित फिल्मलाई प्रिमियरमा अभिनेत्री केकी अधिकारीका साथै सोभिता अधिकारी र बाल कलाकार सुपला सापकोटाको कलाकारहरुले खुलेर तारिफ गरेका थिए। उता निर्देशक तथा लेखक सुलक्षण भारतीको निर्देशनको पनि खुलेर तारिफ भएको थियो प्रिमियरमा।अग्रिम बुकिङ्ग खुले देखि नै फिल्मको बुकिङ्गपनि राम्रो देखिएको थियो।

केकी अधिकारी फिल्म्सको ब्यानर र बद्रि अधिकारीले निर्माण गरेको फिल्ममा केकी अधिकारीका साथै सुलक्षण भारती, सुपला सापकोटा, श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।

फिल्ममा लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक, शिवराम श्रेष्ठको छायांकन, लोकेश बज्राचार्यको सम्पादन रहेको छ। फिल्मलाई टिफल्क फिल्मसले वितरण गरेको हो।

 

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com