सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

 

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: देशभर आक्रामक व्यापार गरिरहेको फिल्म ‘मनसरा’को नयाँ गीत सार्वजनिक बहेको छ। सार्वजनिक ‘एक तार मनको’ बोल रहेको गीतमा  प्रविण खतिवडा र ‘तान्छो’को भूमिकामा रहेका बाल कलाकार नेनाहाङ राई फिचर्ड छन। गीतमा हर्क साउदको शब्दमा सुशान्त गौतमको स्वर तथा संगीत रहेको छ । गीतमा सन्तान सुख भोग्नबाट बञ्चित दधिरामलाई ‘तान्छो’सँगको निकटतालाई प्रस्तुत गरिएको छ ।

उपेन्द्र सुब्बा निर्देशित फिल्ममा मिरुना मगर, दयाहाङ राई, प्रविण खतिवडा, मेनुका प्रधानका, हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको मुख्य भूमिका रहेको छ।

छायांकार शैलेन्द्र ध्वज कार्कीले निर्माण गरेको फिल्ममा विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माताका रुपमा रहेका छन।

फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन, मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन, सिजन दाहाल कार्यकारी निर्माता, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेका छन् ।

फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ । जी टु वान फिल्मको डिजिटल पार्टनर हो ।

फिल्मले दर्शकसँगै समीक्षकहरुबाट पनि तारिफ बटुलिरहेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com