सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: केहि दिन अघि कोरिया पुगेकी नायिका एलिजा गौतमले नयाँ व्यवसाय सुरु गर्ने भएकी छिन। उनले कोरियाको प्रतिष्ठिति कस्मेटिक्स कम्पनी ‘मिसोकोस’सँग व्यवसायमा पार्टनरको रुपमा काम गर्ने भएकी छिन। गौतमले मिसोकोसका कस्मेटिक सामान नेपाल भित्र्उानको लागि आज (बिहीबार) सम्झौता गरेकी छिन् ।

३६ वर्ष पूरानो उक्त कम्पनी मिसकोसले अमेरिका, जापान, कम्बोडिया, चीन र युरोपेली देशहरुलगायत विश्वका धेरै देशमा आफ्नो सामान निर्यात गरिहेको छ । उक्त कम्पनीले अब नेपालमा पनि आफ्नो उत्पादन नेपालमा प्रवेश गराएको छ । एलिजा गौतमको नेतृत्वमा रहेको व्यवसायिक फर्म एलिजाज् कस्मेटिक्समार्फत मिसोकोस नेपाल भित्रिएको हो ।

मिसोकोसका उत्पादन नेपाली माटो र हावापानी सुहाउँदो हुने कम्पनीले जनाएको छ । साथै, ती सामाग्री सस्तो र उच्च गुणस्तरीय हुने एलिजा गौतमले जानकारी गराईन् । उनले यो सम्झौतासँगै नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध अझै सुमधुर र प्रगाढ हुने विश्वस दिलाईन् ।

उनले मिसोकोस र आफुले सम्झौता गरेपछि सामाजिक सञ्जाल फेसबुकमा खुसी व्यक्त गर्दै यस्तो लेखेकी छिन

‘न्यू भेञ्चर एलिजाज् कस्मेटिक्समार्फत अन्तर्राष्ट्रिय व्यवसायमा प्रवेश ! दक्षिण कोरियाको प्रतिष्ठित कस्मेटिक्स ब्राण्ड मिसोकोस (MISOCOS) अब नेपालमा भित्रिने भएको छ । मेरो नेतृत्वमा रहेको एलिजाज् कस्मेटिक्सले मिसोकोससँग आज व्यवसायिक हितका लागि उक्त कम्पनीसँग कोरियाको सिओलमा रहेको कम्पनीको मुख्यालयमा द्धिपक्षीय सम्झौता गरेको कुरा यहाँहरुसमक्ष साझा गर्न पाउँदा मैले आफूलाई धैरै नै खुशी र भाग्यशाली ठानेकी छु । कम्पनीका सिईओ आदरणीय एवम् आत्मीय किमले मप्रति देखाउनुभएको यो विश्वासप्रति सधैं आभारी छु । कलाकारितासँगै मेरा पाईलाहरु अब व्यवसायमा पनि लम्किएका छन् । यहाँहरुको साथ, सहयोग र हौसलासहित अघि बढ्ने प्रण गर्दछु । सबैमा सिओलबाट मिठो सम्झना अनि नमस्कार । धन्यवाद ।
। धन्यवाद ।’

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com