सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: मिलन चाम्स निर्देशित फिल्म ‘बर एण्ड बधु’को दोश्रो सेड्युलको छायांकन अहिले राजधानीका विभिन्न ठाउँमा भइरहेको छ।  केहि समय अघि मोडल कुशुम शर्माको भागको छायांकन सकेको निर्माण टिमले अहिले भने अभिनेत्री आँचल शर्माको भागको छायांकन गरिरहेको छ।

अहिले आँचलको फाइट सिनको छायांकन भैरहेको छ जहाँ निर्देशक चाम्सले एक्सन कट गरिरहेका छन। भर्खरै सामाजिक संजालमा आँचलले गरिरहेको फाइट सिनको टेक लिइरहेको एउटा भिडियो क्लिप सार्वजनिक भएको छ जहाँ उनि आफुलाई बचाउँन केहि गुण्डाहरुसँग लडिरहेकी छिन। उनले पालै पालो त्यी गुण्डाहरुलाई पिटेको भिडियोमा देख्न सकिन्छ।

फिल्मको पहिलो सेड्युल रोमानियामा गरिएको थियो।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा बनिरहेको फिल्ममा हिमाल केसीले एक्सन, सुदिप बरालको डिओपी रहेको रहनेछ।

कमेडी लभ स्टोरीमा आधारित फिल्ममा श्रृष्टी श्रेष्ठ र हिमेश पन्तको पनि मुख्य भूमिका छ । फिल्मको रिलिज डेट भने अहिले सम्म तय भइसकेको छैन।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com