सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री  स्वस्तिमा खड्काले निर्माण गरेको गरेको फिल्म ‘बेहुली फ्रम मेघौली’को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ। सार्वजनिक पोस्टरमा स्वस्तिमालाई फिचर्ड गरिएको छ। ट्याक्टरमा चढेर उनि कसैलाई औँला देखाई रहेकी छिन। झट्ट हेर्दा फिल्ममा उनको स्ट्रंग क्यारेक्टर रहेको बुझ्न सकिन्छ।

मेघौली गाउँमा खिचिएको फिल्मलाई साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन रहेको छ।  यी दुईको यो डेब्यु निर्देशकीय फिल्म हो। फिल्ममा स्वास्तिमा खड्का र निश्चल बस्नेतलाई मुख्य भूमिकामा देख्न सकिन्छ।

ब्याक हर्स पिक्चर्स र मघौली फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको कथा आकाश र साजनकै संयूक्त लेखन रहेको छ। फिल्ममा शंकर पाण्डे र फिरोज खड्का कार्यकारी निर्माता रहेका छन् ।

आगामी वर्ष दशैमा रिलिज हुने फिल्ममा निश्चल र स्वस्तिमाका अलावा विजय बराल, सिम्रन खड्का, आमिर गौतम लगायतको अभिनय रहेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com