सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘ऊनको स्वीटर’को शुभ मुहूर्तसँगै  छायाङ्कन सुरु गरिएको छ। पाँचथरको साधुटारबाट फिल्मको छायाङ्कन सुरु गरिएको निर्देशक नवीन चौहानले बताए। उनका अनुसार फिल्मको सेड्युल ३५ दिनको तय गरिएको छ। केहि दिन अघि देखि सुरु भएको फिल्म छायांकनमा विपिन र मिरुनाले भने भर्खरै फ्लोर जोइन गरेका छन।

फिल्मलाई निर्देशक चौहानले नै लेखेका छन् भने सह-लेखन सुरज कटुवालले गरेका छन्। फिल्मलाई सिनेमाटोग्राफर चिन्तनराज भण्डारीले खिचिरहेका छन्। यो वर्षको शरद ऋतुमा फिल्मलाई प्रदर्शन गर्ने लक्ष्य निर्माण टिमको छ।

फिल्ममा विपिन र मिरुनाका साथै एलेक्स पारस, परीक्षा लिम्बु, माओत्से गुरुङ, सुरज तमू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावती लगायतका कलाकारको पनि अभिनय छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com