सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आइतबार साँझ पाटनको मोक्षको हलमा काठमाडौँ मा होइन, न्युयोर्कमा छु जस्तो लाग्यो , कारण थियो नेपालि मुलकी अमेरिकी परिजिता बास्तोलाको अभुतपुर्व सांगीतिक प्रश्तुति ! यस्तो लाग्यो कि म व्हिट्नी ह्युस्टन या सेलिन डिओनको कन्सर्टमा छु जस्तो !

२०२२ मा एन बि सी टेलिभिजनले आयोजना गरेको “भ्वाइस” ट्यालेन्ट सांगीतिक शो मा दोश्रो भएकी परिजिता बास्तोलाले नेपालमा आफ्नो पहिलो भ्रमणको अवसरमा दिएकी सांगीतिक प्रस्तुतिले सबै दर्शकहरुलाई मोहित तुल्याइन ! प्रश्तुत भएका १८ गीतमा अधिकांश अंग्रेजी गित प्रश्तुत गरेकी जब उनले बिपुल छेत्रीको “सिन्डिकेट”, नारायण गोपालको “केहि मिठो बात गर” प्रश्तुत गरिन , श्रोताहरुले चर्को स्वरमा थपडी बजाएर पुन गाउन अनुरोध गरे ! अंग्रेजी गीतका कभर गित प्रश्तुत गरेकी उनीले आफैले लेखेको गित पनि प्रश्तुति दिएर श्रोतालाई मुग्ध पारिन !

आफ्नो पहिलो नेपाल भ्रमणमा धेरै उत्साहित झापा बाट सयुक्त राज्य अमेरिका गएर वसोवास गरेका पंकज बास्तोलाकि सुपुत्री “नेपालकी छोरी” पारिजातको अन्तरराष्ट्रिय संगीत छेत्रमा धेरै सफल हुने आशा गर्न सकिन्छ !

तस्विरहरु : विकास रौनियार

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com