सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘यो मन त मेरो नेपाली हो’ को गीत ‘तिम्रो आखै रसिलो’ सार्वजनिक भएको छ । द भ्वाइस अफ नेपालको स्टुडियो र बालाजु ल्याबमा खिचिएको गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ भने अस्मिता अधिकारी र सबिन सुबेदीको स्वर रहेको छ ।
रोशन श्रेष्ठ र आयुषा समाल फिचर्ड गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । गीतमा ‘मेरो डान्स युनिभर्स’की विजेता खुशी कार्की, नारायण प्रधान, ‘डि आइडी’का टप टेन डान्सर नरेशवीर सिंह पनि फिचर्ड छन् । आयुषा ‘मेरो डान्स कप युएसए’ की फस्र्ट रनर अप हुन् ।
फिल्म नेपालको झापा, इलाम साथै भारतको सिक्किम, दार्जिलिङ, जयगाउ पश्चिम बङ्गाल र अमेरिकामा खिचिएको छ । फिल्ममा भारत, मलेसिया, पोल्याण्ड, अस्ट्रिया, बेल्जियम, ट्युनिसिया, जर्मनी, साउथ अफ्रिकालगायतका देशको कलाकारको अभिनय छ ।
अमेरिका निवासी साहित्यकार मित्र प्रधान (नर)को कथा र निर्देशन रहेको फिल्ममा ज्ञानबहादुर प्रधान ९रोशन०को निर्माण छ । फिल्मा रोशन श्रेष्ठ, विल्सनविक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’, सुबास भण्डारी, विजय सुब्बा, विजिता बर्देवा, देवराज राजवंशीलगायतको अभिनय रहेको छ ।
पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतीमा मित्र प्रधान (नर) प्रस्तुतकर्ता रहेको फिल्मले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गरेको छ । निर्देशक मित्रका अनुसार फिल्मले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको छ ।
शिवम् अधिकारीको लेखनमा निर्माण भएको फिल्मले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति बिर्सदै गएको हुँदा फिल्मको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र इतिहास दर्साउन खोजिएको छ ।
फिल्ममा दिपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व, समिर मियाँको भिएफएक्स र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
प्रतिक्रिया