सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: भदौको १४ गतेबाट फिल्म ‘वर एण्ड बधु’ रिलिजमा आउँदैछ । मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्मको मुख्य भूमिकामा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्य छन् ।

यो फिल्मको पहिलो गीत ‘तिमी सँग’ केही दिन अगाडि सार्वजनिक गरिएको थियो । सार्वजनिक भएको ४ दिनमा यो गीतले करिब ७ लाख भ्यूज युट्युबमा बटुलेको छ । अर्जुन पोखरेलको संगीत, प्रदाप दास र अन्जु पन्तको स्वर रहेको यो गीतमा लेखु सहयात्रीको शब्द छ ।

सार्वजनिक गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । अधिकांश दर्शकले गीत निकै मिठो रहेको प्रतिक्रिया दिएका छन् । यस्तै, नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको पनि दर्शकले तारिफ गरेका छन् ।

फिल्म ‘वर एण्ड बधु’ हेर्न उत्साहित भएको पनि दर्शकको प्रतिक्रिया छ । फिल्मका निर्देशक मिलन चाम्स पनि आफूलाई यस्तो खालका फिल्म बनाउन मन पर्ने बताउँछन् । आफूले ‘लिलिबिली’पछि अर्को रोमान्टिक कमेडी फिल्म बनाएको उनको भनाई छ ।

यो गीतको युट्युबको ट्रेन्डिङमा समेत आएको छ । गीतले दर्शकको साथ पाउन थालेपछि आँचल उत्साहित देखिएकी छिन् ।

यो फिल्मले विगत केही सातादेखि सुस्ताएको नेपाली फिल्म क्षेत्रलाई उकास्ने विश्वास गरिएको छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com