सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । रिलिज अघिनै दक्षिण एसियाली सौराहा फिल्म फेस्टिभल र सेलिब्रेटी नेपालले आयोजना गरेको ग्रामीण फिल्म फेस्टिभलमा अवार्डजितिसकेको चलचित्र छोरीहरुको व्यथाको  कथामा आधारितरहेको र चलचित्रकोकथा मुख्य पात्र सतीदेवी अर्थात् मलिका महतको वरपर घुमेको छ।

चलचित्रमा मलिका महत,सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा लगायतको कलाकारहरुको  अभिनय रहेको छ, साथै बाल कलाकार हर्षिका वली र मन्जिला बानियाँको पनि चलचित्रमा अभिनय रहेको छ ।

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहेको चलचित्रको निर्माता श्रीदेवी सुवेदी हुन् । चलचित्रको गीत,लेखन, निर्माण समेत सुवेदीकै रहेको छ  ।

चलचित्र ‘सतीदेवी’ भदौ ७ गतेबाट  प्रदर्शन हुँदैछ |

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com