सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली चलचित्रका महानायक अभिनेता राजेश हमाल ५ वर्षपछि चलचित्रमा फर्किने पक्का भएको छ । चलचित्रमा फर्किने जानकारी अभिनेता हमालले आफ्नो सामाजिक सन्जाल बाट गराएका छन् ।

निर्देशक दिवाकर भट्टराईको आगामी एक्सन-थ्रिलरमा काम गर्ने जानकारी दिंदै हमाल लेख्छन – ‘लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने चलचित्रमा काम गर्दैछु ।’ निर्माता तथा निर्देशक भट्टराई र अभिनेता हमालबीच आइतबार बेलुका लिखित सहमति भएको छ ।

https://www.facebook.com/share/p/ZMEiYsD3WU1vgZxm/

सामाजिक कथामा आधारित हुने चलचित्रलाई एक्सनप्रधान हुनेछ भने  चलचित्रमा हमालको शीर्ष भूमिका रहनेछ  ।
चलचित्रको लेखन तथा निर्देशन भट्टराईकै हुनेछ । भदौदेखि काठमाडौं, पोखरा र मुस्ताङमा चलचित्र छायांकनको तयारी रहेको  छ ।

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com