सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेता राजेश हमालको मुख्य भूमिका रहने फिल्म ‘नरसिंहा अवतार’मा अभिनेत्री नीति शाह अनुवन्धित भएकी छन। निर्माण टिमले नीतिलाई फिल्ममा मुख्य अभिनेत्रीको रुपमा अनुवन्धित गराईएको जानकारी दिएका छन।  केही दिनमा राजेश र नीति दुवैले फिल्मको वर्कसप ज्वाइन गर्ने जनाइएको छ ।

दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म क्रिएटिभ सिने आर्टको ब्यानरमा बन्ने छ। निर्माणपक्षले कथाबारे अहिले सम्म केही जानकारी गराएको छैन । फिल्मको लगानी भने तीन करोडभन्दा माथि हुने बताइएको छ ।

निर्देशक भट्टराईको पछिल्लो निर्देशकीय फिल्म ‘मायावी’ प्रदर्शनको तयारीमा छ ।

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com