सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: भदौ २१ गतेबाट देशभर प्रदर्शन हुने फिल्म ‘रावायण’को पहिलो गीत रिलिज गरिएको छ।  केहि दिन अघि निर्माण टिमले फिल्मको प्रचार स्वरुप टिजर र फस्टलुक पोस्टर रिलिज गरेर प्रचार सुरु गरिसकेको छ।  अब भने सार्वजनीक रावायाण बोलको शिर्ष गीत रिलिज गर्दै निर्माण टिमले प्रचारलाई तिव्र बनाएको हो। सार्वजनिक गीतमा नाकास अजिजको स्वर, रेवन आरती सिंहको संगीत, डाक्टर कृष्णहरि बरालको शब्द छ । भिडियोमा फिचर्ड पल शाह र पूजा शर्माको डान्स तारिफ योग्य रहेको छ। रावणको ताण्डव म्युजिकमा यी दुई कलाकारको ध्यान खिच्नेमा दुइमत रहेको छैन। गीतको भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका हुन्।

सुदर्शन थापा निर्देशित फिल्ममा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, रोजिता पराजुलीलगायतको अभिनय छ ।

फिल्ममा शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गुञ्जवाला, सोनु कक्करको स्वर, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द,विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर र विजय बस्यालको पोस्टर डिजाइन छ ।

फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com