सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: असोज ३ गतेबाट रिलिज हुने भनिएको फिल्म ‘ह्रस्व दीर्घ’को रिलिज मिति पोस्ट पोण्ड भएको छ। अब भने नीता ढुंगानाद्वारा निर्माण फिल्म कार्तिक ३० गतेबाट प्रदर्शन हुने भएको छ। निर्माण टिमले प्राविधिक कारण देखाउदै फिल्मको रिलिज डेट हेरफेर गरेको हो।

चन्द्र पन्तको निर्देशन रहेको फिल्ममा निर्मात्री रहेकी अभिनेत्री नीतासँगै, अभिनेता हरिहर अधिकारी, चर्चित दक्षिण भारतीय कलाकार व्रह्मानन्दम, अलि वलिउड कलाकार प्रदीप रावतसँगै विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल लगायत नाम चलेका दर्जनबढि कलाकार अभिनयमा छन् ।

सोसियल ड्रामासहितको प्रेमकथामा आधारित यो फिल्मलाई भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा छायांकन गरिएको छ । अभिनेता हरिरहर अधिकारीको कथा रहेको फिल्ममा वलिउडका स्थापित सिनेमाटोग्राफर कविरलालको छायांकन छ । फिल्ममा मित्र डि गुरुङको सम्पादन छ । कास्टिङ निर्देशक धनन्जय घलानी रहेको फिल्ममा कोरियोग्राफी रामजी लामिछाने र वलिउड कोरियोग्राफर शुष्मा सुमनको छ । निता फिल्मसको ब्यानरमा फिल्म तयार भएको हो ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com