सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – राजधानी मिडिया र प्रिन्सेस मूभिजले संयुक्तरुपमा प्रदर्शन गर्ने साथै अर्जुन कुमारले निर्माण गरेको चलचित्र ‘सानो संसार’ अब असोज ११ गतेमा नै प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले पूर्वनिर्धारित प्रदर्शन मितिमा हेरफेर गर्दै नयाँ रिलिज मिति घोषणा गरेका छन् ।
यसअघि चलचित्र असोज १७ गते घटस्थापनाको दिन मा रिलिज मिति तय गरिएको थियो। चलचित्रमा अब ‘लुट’ का निर्माता माधव वाग्ले र उनको ब्यानर प्रिन्सेस मूभिज पनि जोडिएको छ ।
यस चलचित्रबाट माग्ने बुढाको नामले चर्चित अभिनेता केदार घिमिरेकी पत्नी सीतादेवी तिमल्सिना चलचित्र अभिनयमा डेब्यु गर्दैछिन् । चलचित्रमा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटीको अभिनय रहने छ । यी सवै कलाकारले नेपाली रजतपटमा डेव्यु गर्दैछन्
फिल्ममा तिमिल्सिनासहित राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल तथा शिशिर सिवाकोटी मुख्य भूमिकामा छन् ।चलचित्रलाई सिद्धार्थ पुडासैनीले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया