सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – वेल डन क्रियसनको ब्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको नेपाली चलचित्र ‘तेल भिसा’को लिरिकल गीत ‘हरि नाम झैँ ‘ ओ यस आर डिजिटलको युट्युब मार्फत सार्वजनिक गरेका छन् ।  विपिन कार्की, बर्षा राउत,पुजा चन्द र ऋचा घिमिरे मुख्य भूमिकामा रहेको चलचित्रको गीतलाई हर्क साउदको शब्द , कल्याण सिंहको संगीत तथा निशान भट्टराई र समीरा थपलियाले स्वर भरेका छन् ।

सार्वजनिक गीतमा अभिनेता विपिन कार्कीलाइ दोहोरो भूमिकामा देख्न सकिन्छ । चलचित्रमा विपिनको अलावा वर्षा राउत, पूजा चन्द, ऋचा शर्मालाई पनि गीतमादेख्न सकिन्छ ।

शंकर घिमिरेको निर्देशनमा बनेको  चलचित्रको पहिलो चरणको छायांकन अमेरिकामा गरिएको हो भने दोस्रो चरणको छायांकन चितवनमा गरिएको हो। चलचित्रमा अनिश पाण्डे र शिवराज कार्कीको लगानी छ । चलचित्रमा प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेका छन् ।

चलचित्र मङ्सिरको ७ गतेबाट प्रदर्शन हुने भएकोछ ।

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com