सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘बसन्त’को छायांकन सुरु भएको छ। निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्म छायांकन भएको जानकारी दिएको हो। महिलाहरुको महान पर्व तिजको अवसर पारेर निर्माण टिमले फिल्मको फस्ट लुक पोस्टर रिलिज गरेको हो। पोस्टरमा फिल्मका मुख्य ५ जना कलाकारलाई फिचर्ड गरिएको छ। पोष्टरमा स्वस्तिमा खड्काको पात्रको नाम शान्ति शर्मा, प्रभात पाल ठकुरीको प्रेम आर क्षेत्री, खड्ग बहादुर पुन (खबपु) को सत्यबहादुर मगर, प्रकाश सपुतको वसन्त विक र शिवांसी श्रीको सपना विक नाम राखिएको छ ।

गायक तथा अभिनेता प्रकाश सपुतको कथा, संगीत र निर्देशनमा बन्न लागेको फिल्मको छायांकन बागलुङको कालिका मन्दिरमा चलचित्रको शुभसाइत पूजा गर्दै बागलुङको धम्जादेखि छायांकन सुरु गरिएको हो । फिल्ममा सुनिल विकको मुख्य सहायक निर्देशन रहेनछ । फिल्ममा पोस्टरमा समावेश ५ कलाकारका अलावा प्रकाश घिमिरे, अनुप बराल र कमलमणि नेपाल पनि अभिनय रहनेछ ।

गलबन्दी प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली छन् । फिल्मलाई निर्माण टिमले चैते दशैंको अवसर पारेर आगामी चैत २२ गते प्रदर्शनमा ल्याउने जानकारी दिएको छ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com