सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘सानो संसार’को अफिसियल ट्रेलर रिलिज भएको छ। सार्वजनिक ट्रेलरमा मध्यम वर्गीय परिवारको कथामा आउने उतार चढावलाई देखाईएको छ। फिल्मका सबै पात्रहरुलाई केन्द्रमा राखेर बनाईएको ट्रेलरमा नेपाली मध्यम वर्गीय परिवारसँग मेल खाएको छ।

अर्जुन कुमार फिल्मस् र राजधानी मिडिया एड प्राली प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्ममा अर्जुन कुमारकै लगानी, सिद्धार्थ पुडासैनीको लेखन तथा निर्देशन, प्रविण खड्काको डिओपी, सुजेन खड्का र मनोज खड्काको कोरियोग्राफी रहेको छ।

असोज ११ गतेबाट प्रदर्शन हुने फिल्ममा सिता देबी तिमल्सिना, अन्जसा रिजाल, अनु दाहाल, राज पंगेनी शर्मा, , जीवन गौतम, सरिता भण्डारी, शिशिर सिवाकोटी लगायतका कलाकारहरुको अभिनय रहेको छ।

सिद्धार्थले यही फिल्मबाट लेखन तथा निर्देशनमा डेव्यु गर्दैछन् । उनलाई फिल्मको कथा लेखनमा सरिष्मा पुडासैनीले सघाएकी छन् । फिल्मको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट रहेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com