सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – बांग्देल एंड शाक्य प्रडक्सनको प्रस्तुति साथै चर्चित नेपाली निर्देशक मीनबहादुर भामद्वारा निर्देशित चलचीत्र ‘शाम्बाला’ आज शुक्रवारदेखि नेपालभरका चलचित्र हलहरूमा प्रदर्शनभैरहेको छ । मल्टिप्लेक्सहरूको नेपालकै ठुलो चेन क्युएफएक्सले यो चलचित्रमा ठुलो विश्वास राख्दै, आफ्ना सिनेमा घरहरूमा करिब ५० शो प्रस्तुत गरेको छ। त्यस्तै, बिग मुभिज, एफक्युब, रञ्जना, सिके, कीर्तिपुर सिनेमा लगायतका मल्टिप्लेक्स हलहरूमा पनि ‘शाम्बाला’को आकर्षक शोहरू उपलब्ध गराएका छन्।
यति मात्र नभएर चलचीत्र ‘शाम्बाला’लाई आगामी अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व गरेर पठाइने निश्चित भएको छ । आवेदन दिने अन्तिम मिति विहिबारसम्म भएको र चलचित्र ‘शाम्बाला’ ले मात्र आवेदन दिएको अस्करको नेपाल छनोट समितिले जनाएको छ ।
अब सिफारिस प्रक्रियाले औपचारिकता पाउन मात्र बाँकी छ । समितिका अध्यक्ष तथा चलचित्र विकास बोर्डका सदस्य राजु केसीले एक मात्र आवेदन परेकाले ‘शाम्बाला’ निर्विरोध सिफारिस हुने बताएका छन् ।
यसको औपचारिक घोषणा शुक्रबार गर्ने तयारी छ । अब ‘शाम्बाला’ले अस्करको अन्तर्राष्ट्रिय फिचर विधामा भाग लिनेछ ।
नेपालको छनोट समितिले चलचित्रलाई नोेभम्बरसम्म अमेरिका पठाइसक्नुपर्नेछ । ९७ औं अस्कर अवार्ड ३ मार्च, २०२५ मा अमेरिकाको लस-एन्जलसमा
आयोजना हुँदैछ ।
‘शाम्बाला’ सामाजिक ड्रामा, एड्भेन्चर र म्याजिक रियालिजमको मिश्रणमा आधारित छ। नेपाली र तिब्बती भाषाको मिश्रणमा बनेको यस चलचित्रलाई नेपाल रिलिजको लागि अङ्ग्रेजी र नेपाली सबटाइटलसहित प्रस्तुत गरिएको छ।
विश्वप्रसिद्ध बर्लिन फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको चलचीत्र यसै महिना स्वीट्जरल्याण्डको प्रसिद्ध लोकार्नो फिल्म फेस्टिभलमा पनि स्क्रिनिङ भएको थियो । ड्रामा, एड्भेन्चर र म्याजिक रियालिजम जनरा बताइएको चलचीत्र ‘कालोपोथी’ फेम्ड निर्देशक भामको दोस्रो निर्देशकीय चलचीत्र हो ।
चलचित्रमा कलाकारहरु थिन्ले ल्हामो,सोनाम तोप्देन,तेन्जिन दल्हा ,कर्मा आदिको अभिनय रहेको छ ।
मीनबहादुर भामको निर्देशनमा बनेको चलचित्रमा स्क्रिनराटिङ्ग मीनबहादुर भामका साथमा अभिनाश बिक्रम शाह गरेका छन् भने सिनेमाटोग्राफी अजिज ज्हाम्बाकियेव को छ र सम्पादन किरण श्रेष्ठ र लिओं चिङ्ग – सांग म्युजिक को रहेको छ । निर्मातामा मिनबहादुर भाम आफै रहेका छन् ।
नेपाली र तिब्बती भाषामा रिलिज हुने यो चलचीत्रलाई नेपालमा अंग्रेजी र नेपाली सबटाइटलमा समेत प्रदर्शन गरिनेछ । सहरी क्षेत्रमा अंग्रेजी सबटाइटलमा देखाइने तयारी एप्पलको छ ।
झण्डै १४ करोड रुपैयाँ बजेट रहेको यो चलचीत्रलाई अहिलेसम्मकै महंगो नेपाली चलचीत्र बताइएको छ । यो चलचीत्रले नेपालको चलचित्र विकास बोर्डसहित विश्वका १७ अन्तर्राष्ट्रिय संस्थाबाट फण्ड जितेको छ । चलचीत्रलाई नेटफ्लिक्समा रिलिजका लागि आफ्ना विदेशी निर्माता लागिपरेको समेत भामले जनाए ।
चलचीत्रमा थिन्ले ल्हामो र सोनम तोप्देन शीर्ष भूमिकामा छन् । चलचीत्रले नेपालको पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा पेश गर्छ ।
चलचीत्रले एक पुरुष र उनका दुई साना भाइसँग बहुआयामी वैवाहिक सम्बन्धमा रहेकी एक महिला पेमालाई पछ्याउँछ । जब व्यापारका लागि गएका पुरुष फर्किंदैनन्, तब पेमाले आफ्नो गर्भमा रहेको बच्चालाई वैधता दिनका लागि उसलाई खोज्न थाल्छिन् ।
‘शाम्बाला’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बेल्जियमको वितरण कम्पनी बेस्ट फ्रेन्ड फरेभरले लिएको छ । चलचीत्रको मल्टिप्लेक्स पार्टनरमा क्यूएफएक्स छ । चलचीत्र निर्माणमा फ्रान्स, नर्वे, हङकङ, टर्की, ताइवान र अमेरिकी कम्पनीले पनि सहकार्य गरेका छन् ।
चलचीत्र भदौ २८ गते आजदेखी नेपालभरिका हलहरुमा प्रदर्शन हुँदैछ । नेपालमा यो चलचीत्रलाई एप्पल इन्टरटेनमेन्टले रिलिज गर्न लागेको छ ।
प्रतिक्रिया