सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । कस्तुरी प्रोडक्सन प्रालिको प्रस्तुति तथा क्लासिक सिने युनिभर्स प्रालिको सहकार्यमा निर्माण भइरहेको फिल्म ‘सिन्दूर’को यतिबेला दाङमा धमाधम छायांकन भइरहेको छ । लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा तयार भइरहेको फिल्ममा सञ्जिव सार्कीको लगानी छ भने दिनेश सिंह महरा कार्यकारी निर्माता हुन्।
यसैबीच, फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री निरुता सिंहको प्रवेश भएको छ। छायांकन सुरु गर्दाको समयमा अभिनेता पुष्प खड्का र अभिनेत्री प्रशंसा रायमाझीको मात्र नाम सार्वजनिक गरिएको थियो। निर्माणपक्षले अब फिल्ममा चर्चित दुई कलाकारको प्रवेश भएको जानकारी दिएको हो।
निर्देशक सुनारका अनुसार निरुताले केही दिनमै फिल्मको छायांकन सुरु गर्नेछिन् भने विपिनले दसैँपछि छायांकनमा सहभागिता जनाउनेछन्। उनीहरू दुवैको भूमिकाबारे भने निर्माणपक्षले केही खुलाएको छैन।
संकल्प भुजेलको छायांकन रहेको फिल्ममा प्रशान्त सिवाकोटी, श्रीकृष्ण बम मल्ल र दिनेश ढकालको संगीत रहनेछ। प्रकाश हमाल निर्माण प्रमुख रहेको फिल्ममा करणबहादुर साउद मुख्य सहायक निर्देशक तथा रामजी लामिछाने नृत्य निर्देशकका रूपमा छन्।
फिल्ममा रोहित वली र विकेश लामा प्रोडक्सन म्यानेजरका रूपमा रहेका छन्। एनबी महर्जनको एक्सन निर्देशन रहेको फिल्ममा मदन सुरखेतीको सह–लेखन छ। एक महिनाको सेड्युल बनाएर फिल्मको छायांकन भइरहेको छ। सामाजिक कथावस्तुमा आधारित फिल्मले एक महिलाका लागि सिन्दूरको महत्वलाई कथामार्फत प्रस्तुत गर्ने निर्देशक सुनारले जानकारी दिए।







प्रतिक्रिया