सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । गएको बडादसैँको अवसर पारेर देशव्यापी प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा २’ बक्सअफिसमा सफल देखिएको छ । चलचित्र विकास बोर्ड अन्तर्गत रहेको बक्सअफिस विवरण अनुसार फिल्मले मङ्सिर ६ गतेसम्म ७ करोड १८ हजार ९०२ रुपैयाँ ग्रस कमाइ गरेको छ । यस अवधिमा फिल्मका २ लाख ४३ हजार ८३६ टिकट बिक्री भएका छन् ।

फिल्ममा प्रस्तुत आमा र छोराबीचको भावनात्मक कथालाई दर्शकले रुचाएका छन् । फिल्मका निर्देशक चन्द्र पन्तले फिल्म हेरेपछि दर्शकले खुसी व्यक्त गर्दै धन्यवाद दिएको बताएका छन् ।

फिल्ममा विपना थापा, पल शाह, मलिका महत, स्वर्गीय प्रदीप रावत, साइग्रेस पोखरेल र नरेन खड्कालगायत कलाकारको अभिनय रहेको छ । पारिवारिक सम्बन्ध, आमा र सन्तानबीचको भावनात्मक सम्बन्ध तथा प्रेमलाई मुख्य विषय बनाइएको फिल्मले प्रदर्शनको सुरुवातदेखि नै दर्शकको साथ पाएको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com